भदौ २८ – रुकुममा एक परिवारका चार जना छोरीले पनि अंश पाएका छन् । त्यहाँ एक समाजसेवीले छोरा र छोरीलाई समान रूपमा अंशबण्डा गरिदिएका हुन् ।
जिल्लाको झुला गाविस–३ भेराखेतका खड्कबहादुर खड्काले आफूसँग भएको जग्गा जमिन चार छोरी र एक छोरालाई समानरूपमा बाँडिदिएका हुन् ।

खड्काले मालपोत कार्यालयमा आएर छोरीहरू टिका केसी, हिरा केसी, भीमकुमारी देवकोटा र निशा देवकोटाको नाममा जग्गा पास गरिदिएका छन् ।

छोराछोरी बराबर हुन् भन्ने मान्यताले आफूसँग भएको पैतृक सम्पत्ति छोरीहरूलाई समेत समानरूपमा बण्डा गरिदिएर ६४ वर्षीय खड्काले सरहानीय काम गरेको स्थानीय जनताको प्रतिक्रिया छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।