भदौ २७ – साफ वुमेन्स च्याम्पियनसिपमा नेपालसँग अफगानिस्तान ७–१ ले पराजित हुन पुगेको छ ।

आजको जितसँगै नेपालले लगातार खेलमा तेस्रो जित दर्ता गरेर नौ अंक जोड्दै नेपाल समूह ‘बी’को उपविजेता पनि बन्न सफल भएको छ ।
नेपालको जितमा निरु थापा, सजना राना मगर र अनु लामाले एक–एक गोल गरे । अर्को गोल कप्तान जमुना गुरुङले गरेकी थिइन् ।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ८–० र दोस्रोमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।

अब नेपालले शुक्रबार दिउँसो पौने ४ बजे हुने सेमिफाइनलमा आयोजक श्रीलंकाविरुद्ध खेल्नेछ । श्रीलंका समूह ‘ए’ को उपविजेता हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।