भदौ २५ – अमेरिकी एक जुत्ता कम्पनीले भगवान गौतम बुद्धको तस्बीर जुत्तामा राख्नाले नेपालीहरूको भावनामाथि गहिरो चोट पुगेको भन्दै बौद्ध प्रवचन समाजले विरोध जनाएको छ ।
एक अमेरिकी ‘आइकन सु डिजाइन कम्पनी’ ले हालै आफ्नो उत्पादन जुत्तामा बुद्धको तस्वीर राखी बजारमा ल्याएको प्रति समाजले गम्भीर आपत्ति जनाएको हो ।
समाजले त्यस्ता अवाञ्छित क्रियाकलापले संसारभरका बौद्धमार्गी र नेपालीहरूको भावनामाथि गहिरो चोट पु¥याएको भनी त्यस्ता दुष्कार्यको घोर भत्र्सना गरेको छ ।
सदैव शान्तिको पक्षमा रहँदै आएका बुद्ध धर्मका अनुयायीको आस्थामा चोट पु¥याउने त्यस्ता कार्यको घोर निन्दा गर्दै सो समाजले त्यस्ता उत्पादन तुरुन्त रोकी उत्पादित वस्तुलाई पूर्ण रूपमा बन्देज गर्न सम्बन्धित निकाय समक्ष प्रेस विज्ञाप्तिमार्फत अनुरोध गरेको छ ।