भदौ २४ – काकाले आफ्नै बुवालाई तथानाम गाली गलौज गरेपछि त्यसको प्रतिकार गर्ने क्रममा एक युवक घाइते भएका छन् ।

सप्तरीको बनगामा कट्टी–३ तोपा निवासी विजल सदाका छोरा २६ वर्षीय टुनाई सदा घाइते भई सगरमाथा अञ्चल अस्पताल राजविराज भर्ना भएका हुन् ।
बुवा विजलमाथि रक्सी खाएर मातेका काका भुटाइ सदाले गरेको गलीगलौज तथा कुटपिटको प्रतिकार गर्दा चोट लागि उनी मरणासन्न अवस्थामा पुगेको पीडित परिवारका सदस्यले बताएका छन् ।

कुटिएका टुनाइको टाउकामा पाँचवटा टाँका लागेको छ । गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।