भदौ २४ – श्रीमान विदेशमा भएको बेला श्रीमती पनि अन्त्यै घर छाडेर गएपछि तीन जना छोराको बिचल्ली भएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–९ गोलीगढ बस्ने अन्दाजी ३६ वर्षीय दिलीपकुमार हरिजन डेढ वर्षदेखि विदेश गएकोमा निजको श्रीमती कुसुम कुमारी हरिजन पनि एक सातादेखि घर छाडी बेपत्ता भएपछि छोराहरू पाँच वर्षीय राहुल हरिजन, तीन वर्षीय रोशन हरिजन र डेढ वर्षीय रोमन हरिजन बिचल्लीमा परेका हुन् ।

आमाबाबु दुवै घरमा नभएपछि बुढेसकालमा नातिहरूलाई पालनपोषण गर्ने भार थपिएको हजुरआमा हाटी फर्साटिकर गाविस दुमदुमवा बस्ने फुलमती हरिजनको गुनासो छ ।

ज्वाइँले विदेशबाट पठाएको रु ७० हजार लिएर छोरी एक सातादेखि बेपत्ता भएपछि खोजतालासका लागि जिल्ला प्रशासन कार्यालयमा लिखित आग्रहसमेत गरेको बाबु चन्द्रभान हरिजनले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।