भदौ २२ – चीनमा आज कयौँ पटक भुकम्पको धक्का महसुस गरिएको छ । जसमध्ये अलिक ठूलो रेक्टर स्केलमा मापन गरिएको दुई पटक आएको भुकम्पमा परी मर्नेको संख्या ४३ पुगेको छ ।
दक्षिणपश्चिम चीनको युनान र गुइजाव प्रान्तलाई केन्द्र बिन्दु बनाई ४ दशमलव ८ र ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यहाँ कैयौं भूकम्पका धक्का महसुश गरिएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्रलाई उद्धृतगर्दै चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएअनुसार दक्षिणी पश्चिमी चीनमा आएका कैयौं भूकम्पका धक्कामध्ये एकको गहिराई १४ किलोमीटरको रहेको थियो ।

सो भूकम्पबाट कम्तीमा पनि २० हजार घर भत्किएका जनाइएको छ । भूकम्पका सबै विवरण आउन बाँकी रहेको बताइएको छ । सो भूकम्प प्रभावित क्षेत्रमा उद्वारको काम व्यापक मात्रामा भइरहेको पनि सरकारी निकायहरुले जानकारी दिएका छन् ।

भूकम्पबाट दक्षिण पश्चिमी चीनका युनान र गुइजाउ प्रान्त प्रभावित भएका छन् ।

चीनमा गतसाता मात्रै भीषण बर्षापछि आएको बाढी पहिरोबाट ५० भन्दा बढीको मृत्यु भएको थियो भने कयौं घरबारबिहीन बन्न बाध्य भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।