भदौ २१ – कालो बजारी बढेपछि सरकारले सुरु गरेको अनुगमनका क्रममा व्यवसायीले गोदाम बन्द गरी ताल्चा हिड्ने गरेकोमा अब सरकारले ताल्चा फुटाएरै भएपनि अनुगमन गर्ने भएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशीले राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अबको अनुगमन कडा रुपमा गरिने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

सो क्रममा उनले सर्वसाधारणले उपयोग गर्ने दैनिक उपभोग्य सामानमा उद्योगी, व्यवसायी तथा थोक व्यापारीले कृत्रिमरुपमा मूल्यवृद्धि गरेको समेत बताए ।

कार्यक्रममा सचिव जोशीले बजार सरकारको नियन्त्रणमा नरहेको र निजी क्षेत्रमा गइसकेको बताउँदै खाद्यान्नको अभाव नभएको समयमा पनि मूल्यवृद्धि हुनु व्यवसायीको मनोमालिन्य भएको औंल्याए ।

उनले केही दिनभित्रै दैनिक उपभोग्य सामानको मूल्य निर्धारण गरिने जानकारी दिँदै ग्यासमा राजस्व मिनाहा गर्ने तथा इन्धन खरिदका लागि एक आकस्मिक कोषको व्यवस्थागर्ने पद्धतिको विकास गर्न लागेको पनि जानकारी दिएका छन् ।

सो अवसरमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले बजारमा दैनिक उपभोग्य वस्तुको सहजता र उपलब्धतामा कुनै कमी नरहेको र व्यवसायीको मिलोमतोमा केही मूल्यवृद्धि भएको बताउँदै मूल्यवृद्धि न्यूनीकरणका लागि उद्यमी, व्यवसायी, उपभोक्ता सवैको सहयोग हुनुपर्ने बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।