भादौ २१, भारतका एक युवकले गलफ्रेन्डको विवाहा अर्कैसँग भएपछि गलफ्रेन्डको परिवारका पाँच सदस्यको हत्या गरेका छन् 

आफ्नी गलफ्रेन्डको विवाहा जबर्जस्ती अर्कैसँग गरिदिएको भन्दै भारतको नयाँ
दिल्लीका रवि नाम गरेका २५ वर्षिया

युवाले अत्याधुनिक हतियार प्रयोग गरी
केटीसाथी र उनको परिवारका सदस्य सहित पाँच जनाका हत्या गरेका हुन । रविले
अत्याधुनिक बन्दुकले सर्वप्रथम केटीसाथी र उनका श्रीमानलाई गोली हानेका थिए
। त्यसपछि उनी केटीसाथीका बाबु र बहिनीको हत्या गरेको भारतीय समाचार
संस्थाहरुले उल्लेख गरेका छन् ।


रविकी गलफ्रेन्डले करिब एक वर्ष अघि नै विवाहा अर्कै केटासँग गरेकी भए पनि
उनीसँग रविको सम्बन्ध रहदै आएको प्रहरीले बताएको छ । विवाहापछि एक वर्षसम्म
समेत रविसँग सम्बन्ध रहेको थाहा पाएपछि रविलाई उनकी गलफ्रेन्डको परिवारले
टाढै राख्ने कोसिश गरेको थियो ।  एक्स–गलफ्रेन्डको परिवारको यस्तो व्यवाहार
थाहा पाएका रविको रिसको पारो तातेको थियो । रविले विवाहाको एक वर्ष पछि
आफ्नी गलफ्रेन्डसँग सम्बन्ध राख्न नपाएपछि उनको परिवारलाई नै सखाप पारेका
हुन । 
गलफ्रेन्डको
परिवारको हत्यापछि उनले आफ्नो हत्या प्रयास गरेका थिए । रविले गलफ्रेन्डको
परिवारका पाँच सदस्यको हत्या गरेपछि उनी कहाँ गए भन्ने कुरा प्रहरीले थाहा
नपाएको बताएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।