भदौ १८ – अष्ट ज अभियान नेपालले राष्ट्रपति डाक्टर रामवरण यादव गमला हस्तान्तरण गरेको छ ।

कृषि ब्यवसायिकरणका लागि राष्ट्रिय जागरण: समृद्ध नेपालका लागि स्वाधिन अभियान” भन्ने नाराका साथ संगठन निर्माण र राष्ट्रिय जागरणमा अघि बढेको अष्ट ज अभियान नेपालले आज एक कार्यक्रमको आयोजना गरी गमला हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा कार्यक्रममा राष्ट्रपति डा. यादवले दुई छिमेकी मुलुकको विकासको गति दाँज्दै नेपालको जलवायू र माटोको प्रयोग हुन सके राष्ट्रको समृद्धि हुनसक्ने बताए । राजनीतिक अस्थिरताका बीच यस्ता अभियानको आफैमा महत्व रहेको उनको भनाई छ ।

उक्त अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा एउटा गमला हस्तान्तरण गरिएको थियो भने एउटा गमलामा राष्ट्रपति स्वयँद्धारा माटो र पानी राखी विरुवा रोपिएको थियो ।

गमला हस्तान्तरण कार्यक्रममा बोल्दै अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईले कृषि मैत्री नीति बनोस् भन्ने भावका साथ आफूहरुले आन्दोलनको सुरुवात गरेको जानकारी गराए ।

कार्यक्रममा अष्ट ज अभियान नेपालका उपाध्यक्ष डा. चन्द्रकान्त ज्ञवाली, शिव अधिकारी, महासचिव नीलकण्ठ तिवारी, केन्द्रिय सदस्य डा.विष्णु चापागाई लागायतका २५ भन्दा बढि कृषि अभियन्ताहरुको उपस्थिति थियो ।

संस्थाले गमला हस्तान्तरण कार्यक्रम अन्तर्गत नेपालका प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका मुख्य नेतृत्व, सामाजिक संस्था एवं सञ्चार गृहहरुमा पुग्ने तयारी गरिसकेको छ ।

जल, जमिन, जराजुरी, जनावर, जडिबुटि, जलवायु, जनशक्ति र जंगल लगायतका सम्पदाको संरक्षण, संवर्धन, उत्पादन र प्रभावकारी वितरणको मुख्य उद्देश्य राख्दै माटो खाली नराखौँ भन्ने राष्ट्रिय जागरण सुरु गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।