भदौ १७ रासस– भरुवा बन्दुकसहित इलामको दक्षिणी बाँझोबाट चार युवालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा बाँझो–२ का मौसम लावती, तुरुहाङ लिम्बू, रत्न नेम्वाङ र टीकाराम लावतीलाई बाँझोस्थित झिल्केखोलाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरूको साथबाट भरुवा बन्दुकसहित केही थान खुकुरी र छुरासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाउँमा हुने अन्य गलत क्रियाकलापमा समेत संलग्न रहेको पाइएको बाँस्तोलाले बताउनुभयो । उनीहरूविरुद्ध अवैध हातहतियार तथा खरखजनाअन्तर्गत आज मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।