भदौ १६ – पत्रकार भएकै कारण झगडा मिलाउने क्रममा स्थानीय एक व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य तथा दोलखाका पत्रकार गोविन्द काफ्लेको अवस्था सुधार हुँदै गएको छ ।
दोलखाको झुले गाविस वडा नम्बर ९ स्थित लाँकुरीडाँडामा सोही गाविसका दिनेश मोक्तान र धन बहादुर तामाङबीचको विवाद बिहीबार साँझ हात हालाहालमा परिणत भएपछि छुट्याएर झगडा मिलाएको तर पछि परिवारका सदस्य आएपछि भने मोक्तानले काफ्लेमाथि यो पत्रकार ठूलो हुने भन्दै एक्कासी खुकुरी प्रहार गरेको पीडित काफ्लेले बताएका छन् ।

मोक्तानले पत्रकार काफ्लेलाई मार्नुपर्छ, छुरी हान भन्दै टाउकोमा खुकुरी प्रहार गरेको पत्रकार काफ्लेको भनाई छ ।

मोक्तानका आमा, र दिदीले पनि पत्रकार काफ्लेमाथि आक्रमण गरेका थिए । खुकुरी प्रहार गर्ने मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाईसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मोक्तान यसअघि पनि पटक पटक बलात्कार, चोरी, सार्वजानिक अपराध लगायका घटनामा संलग्न रहेका थिए ।

पत्रकार काफ्लेको चरीकोट स्थित च्छो रोल्पा अस्पतालमा उपचार भैइरहेको छ । काफ्लेको टाउकोमा ५ टाँका लगाईएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।