भदौ ८ – ठगी आरोपमा पक्राउ गरिएकी राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख अशोकदेव भट्टकी पत्नी प्रतिभा सेन भट्टलाई छ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
बिहीबार आफ्नै निवास नयाँवानेश्वरको शान्तिनगरबाट पक्राउ परेकी ४० वर्षीया प्रतिभालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज अदालतमा उपस्थिति गराएको थियो ।

नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनामा आकर्षक पदमा जागिर लगाई दिने भनेर रकम असुलेको उजुरीका आधारमा प्रहरीले प्रतिभालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

उनले सर्वसाधारण युवाबाट रु ४६ लाख ३५ हजार ठगी गरेको आरोप छ । उनले आरोपको खण्डन गर्दै आएकी छन् । प्रतिभा नेपाल प्रहरीको निरीक्षक पदबाट अवकास प्राप्त व्यक्ति पनि हुन् ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।