असार ३० – मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे अस्पताल भर्ना भएकी छन् । घिमिरेको मस्तिष्कमा र घाँटीको हड्डी र नशामा समस्या देखिएपछि मेडिकल र फिजियोथेरापीमार्फत उपचार गर्न झमक काभ्रेको साँगा भैँसेपाटीमा अवस्थित स्पाईनल ईञ्जुरी सेन्टरमा भर्ना भएको उनका परिवारले बताएका छन् ।
मस्तिष्कमा समस्या आएपछि झमक लेख्न पनि नसक्ने भएकी छिन् ।
पन्ध्र दिनअघि घाँटीको हड्डीमा समस्या देखिएर नशा च्यापिएपछि झमक काठमाडौँको मोडेल अस्पतालमा भर्ना भएकी थिईन ।
Comments
|