असार १८ – नवगठित नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चितवन गोलिकाण्ड घटनामा प्रचण्डको हात रहेको बताएका छन् ।

घटनामा प्रचण्डका भाई नारायण दाहाल र एमाओवादीका अर्का नेता चित्र बहादुर श्रेष्ठको प्रत्यक्ष निर्देशनमा गोलि चलेको उनको भनाई छ ।

उपाध्यक्ष गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्ने चेतावनी समेत दिएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा गजुरेलले प्रधानमन्त्रीलाई हटाउन संयुक्त मोर्चाबन्दी बनाएर आन्दोलनमा जानुको विकल्प नभएको तर्क गरे ।

प्रधानमन्त्रीलाई पदबाट हटाउन बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्ने पनि उनले बताएका छन् ।

सोही कार्यक्रममा गजुरेलले केन्द्रीय कार्यालय पेरिसडाँडा लगायत देशभरका जिल्ला कार्यालय आफूहरुको समेत स्वामित्व रहेकाले कुनै हालतमा नछाड्ने बताएका छन् ।

पेरिसडाँडाको सम्पत्ति समेत बाँडफाँड हुनुपर्ने उनले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।