असार १७ – भक्तपरको दधिकोट गाविसबाट नेपाली सेनाका नायकलाई ३२ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

दोलखा बुलुङ घर भई मध्यपुरठिमी नगरपालिका–१३ नयाँठिमी बस्ने २६ वर्षीय नायक राजु विकलाई ९ एमएम पेस्तोलको ३२ राउण्ड गोलीसहित हिजो प्रहरीले पक्राउ गरेको हो ।

 नेपाली सेनाको विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालय दरबन्दी भई हाल सुन्दरीजलमा कार्यरत विकलाई विशेष सूचनाका आधारमा हिँडिरहेको बेला आज दिउँसो खानतलासी गर्दा उनको साथबाट गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

 नेपाली सेनाका कर्मचारी भए पनि गोली बोकेर हिँड्नु गैरकानूनी भएकाले उनलाई पक्राउ गरी कारबाहीको लागि सेनाको जिम्मा लगाएको प्रहरीको भनाई छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।