संयुक्त राष्ट्रसंघले विश्वमा २ करोड ७० लाख मानिस लागूपदार्थ प्रयोगकर्ता रहेका तथ्यांक सार्वजनिक गरेको छ ।

उसको प्रतिवेदन अनुसार हरेक वर्ष तीमध्ये एक प्रतिशतको नार्कोटिकको प्रयोगबाट मृत्यु हुने गरेको छ ।

हेरोइन, कोकिन र अन्य लागूपदार्थका कारण हरेक बर्ष दुई लाख मानिसको मृत्यु हुने गरेको छ । यसबाट हजारौं परिवार दुखमा धकेलिन्छन् ।
लागूपदार्थ तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (युएनओडिसी)को वल्र्ड ड्रग रिपोर्ट प्रस्तुत गर्दै निर्देशक युरी फेडोटोभले भने । अफगानिस्तानबाट सबैभन्दा धेरै लागूपदार्थ (अफिम) यूरोपमा निर्यात हुने गर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।