असार १४ – झापामा आज एक व्यक्तिले आफ्नै परिवारका दुई व्यक्तिको हत्या गर्नुका साथै छोरालाई गम्भीर रूपमा घाइते बनाएका छन् ।

जलथल–४ को देवीबस्तीमा बस्दै आएका भारतको आसाम बस्ने ३४ वर्षीय थोक्चुङ चोवा मनिपुरेले हिजो आफ्नी २८ वर्षीया श्रीमती रेविका, तीन महिनाकी काखेछोरी सुनिताको हत्या गरेका हुन् भने उनको कुटाइबाट चार वर्षीय छोरा अरूणको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ ।

अरूणको भद्रपुरस्थित पाथिभारा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमान् श्रीमतीबीच हिजो बजेको समयमा पारवारिक विवाद बढ्दै गएपछि थोक्चुङ चोवाले श्रीमती रेविकालाई चिर्पटका साथै धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

गम्भीर अवस्थामा रेविकालाई अपराह्न ३ बजे भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गरिएपनि उनको मृत्यु भएको हो ।

हत्याको अभियोग लागेका थोक्चुङले आफ्नी तीन महिने छोरी सुनिताको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि थोक्चुङ फरार छन् ।

प्राप्त जानकारी अनुसार, मृतक रेविकाकी आमा स्थानीय चिया बगानमा काम गर्न गएको बेलामा घरमा कोही नभएको मौका छोपी उनले उक्त घटना घटाएको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।