
असार ११ – पूर्वी भारतको झारखण्डमा गाउँलेहरुले एक जना पुरुष र उनका तीन छोराको बोक्सीको अरोपमा हत्या गरेका छन् ।
ती पुरुष र उनका तीन छोराले बोक्सी विद्याको अभ्यास गरिरहेको भन्दै गाउँलेले गत शुक्रबार राति नै उनीहरुको हत्या गरेको झारखण्डको प्रहरीले आज जानकारी दिएको छ ।
दक्षिणी झारखण्डको खेरा दिपाटोलीका स्थानीय बासिन्दा रहेका ती पुरुषले आफुले विगतदेखि नै बोक्सीको तन्त्र मन्त्र गर्ने गरेका र आफ्ना छोराहरुलाई पनि सो विद्या सिकाएको आरोप गाँउलेले लगाएका छन् ।
झारखण्ड राज्यको राजधानी राँचीबाट करिब एक सय किलोमीटर टाढा पर्ने सो गाउँका गाँउलेले त्यहीँका बासिन्दाको यसरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख जेतिन नरवालले जनाएका छन् ।
प्रहरी प्रमुख नरवालले भने– प्रहरीले सो हत्याका आरोपीको खोजी व्यापकरुपमा गरिरहेको बताएको भएपनि आज तेस्रो दिनसम्म पनि कसैलाई पक्राउ भने नगरेको रासस र एएफपी समाचार संस्थाले उल्लेख गरेका छन् ।
भारतको ग्रमीण इलाकाहरुमा यस्तो बोक्सीको आरोपमा नागरिकको हत्या गर्ने घटना प्राय भइरहन्छ । बोक्सीप्रति विश्वास राख्ने अन्धविश्वासका कारण यस्ता घटनामा परी वर्षेनी कैयौँ नागरिकको ज्यान जाने गर्दछ ।
|
|







