असार ९ – कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले घोषणा गरेको निर्वाचन ज्ञानेन्द्रले गरेको स्थानीय निकायको जस्तै भएको भन्दै मान्य नहुने बताएका छन् ।
मध्य रातमा संविधानसभालाई संविधान नबनाई विघटन गरेर नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको प्रति आपत्ति जनाउँदै उनले माओवादी सरकारले घोषणा गरेको निर्वाचन हुनै नसक्ने ठोकुवा गरे । ‘यदि चुनाव भइहाले पूर्व राजा ज्ञानेन्द्रले गराएको स्थानीय निकायको जस्तो हुन्छ उनले भने ।’
काभ्रेको बनेपामा आज आयोजित नेपाल शिक्षक संघको १६ औँ जिल्ला प्रतिनिधि सभाको उद्घाटनपछि व्यक्त मन्तव्यमा सिंहले यस्तो कुरा उल्लेख गरेका हुन् ।
उनले माओवादीले सत्ता कब्जा गर्ने उद्देश्यले नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको समेत आरोप लगाए ।
|
|
Comments








