असार ८ – एकीकृत नेकपा माओवादीबाट पार्टी विभाजन गरी गएको वैद्य पक्ष र पुरानो माओवादी प्रचण्ड पक्ष भिडन्त नगर्ने सहमतिमा पुगेका छन् ।

 एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवगठित माओवादी महासचिव रामबहादुर थापाबीच आज आ(आफ्ना कार्यकर्ताबीच झडपको स्थिति आउन नदिने समझदारी भएको हो ।

 पार्टी फुटसँगै कहीँ कार्यालयका विषयमा त कहीँ केका विषयमा जिल्ला-जिल्लामा कार्यकर्ताबीच झडप हुने सम्भावना बढेर गएपछि यी दुई नेताबीच फोन वार्तामा मै यस्तो सहमति जुटेको हो ।

वैचारिक मतभेदका कारण अलग हुनुपर्ने बाध्यता बुझेर कम्तीमा पनि कार्यकर्ताबीच रक्तपात हुन नदिन दुवै पक्षले निर्देशन दिनुपर्ने समझदारी उनीहरुबीच भएको छ ।

 जिल्ला-जिल्लामा कार्यालय विवादको विषय झगडा गरेरभन्दा बहुमतका आधारमा वा अन्य समझदारीबाट सुल्झाउन उनीहरु सहमत भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।