बेल्जियम – आफ्नो हक अधिकारको लागि बेल्जियमको जनजाति संगठनहरुको साँझा संघको रुपमा गठित आदिवासि जनजाति महासंघ बेल्जियमले भावि कार्यक्रम तथा प्रथम अधिबेसनको मिति तय गरेको छ ।

नेपालमा जातिय पहिचान र क्षेत्रिय, महिला तथा उत्पिडित जातिको अग्राधिकार सहितको संघियता र संघियता सहितको संबिधान निर्माणको आन्दोलनलाई प्रवासमा रहेका जनजातिहरुको पनि ऐक्यबद्धता र समर्थन तथा बेल्जियमबासी जनजातिहरुको हक अधिकारको लागी बेल्जियमको जनजाति संगठनहरुको साझा संघको रुपमा गठित  आदिवासि जनजाती महासंघ बेल्जियमको तदर्थ समितिको मिति १७ जुन २०१२मा समितिका संयोजक पिजि शेर्पाको अध्यक्षतामा प्रथम बैठक बसी संघको भावि कार्यक्रम तथा प्रथम अधिबेसनको मिति तय गरिएको हो । ।

जस अनुसार जनजाति महासंघ बेल्जियमको प्रथम अधिवेशन यहि ८ जुलाई २०१२का दिन जनजाती महासंघ नेपालको केन्द्रिय महासचिव आङ काजि शेर्पाको प्रमुख आतिथ्यमा बेल्जियमको आन्तोर्पेनमा भव्य रुपमा गर्ने निर्णय गरिएको छ ।

सो प्रथम आधिवेसनलाई भव्य र ब्यबस्थित बनाउनको लागि बिभिन्न समितिहरुको गठन गरी कार्य विभाजन समेत गरिएको छ ।

जस अनुसार अहिलेको तदर्थ समितिकै मुल ब्यबस्थापनमा प्रचार प्रसार समिति, आर्थिक समिति, स्वयं सेवक समिति, स्वागत सत्कार समिति हल तथा खानाको ब्यबस्थापन समिति गठन गरियो साथै साउण्ड सिस्टमको लागी इन्द्र धनुष क्लवलाई जिम्मा तोकिएको छ ।

प्रचार समितिमा संयोजक जित बहादुर लामा सदस्यहरुमा केजिन राई, फुला शेर्पा, बालेन्द्र गुरुङ, मुना राई र शेर  बहादुर छन्त्याल रहेका छन् ।

सोनाम शेर्पाको संयोजकत्वमा सदस्यहरु सागर दास श्रेष्ठ, अरविन घले, दिल्लि सुब्बा र भरत तामाङ्ग समेत रहेको आर्थिक समिति गठन गरियो ।

त्यसैगरी श्री प्रसाद गुरुङको संयोजकत्वमा बाबु राजा लामा, पदम गुरुङ, सोम थनेत र बिरमान मगर समेतको स्वयं सेवक तथा हल र खानाको ब्यबस्थापन समिति गठन गरियो भने अनन्त गुरुङको संयोजकत्वमा  मुना राई र छिरिङ शेर्पा तमु समेतको स्वागत सत्कार समिति गठन गरिएको छ ।

सोही अधिवेशनले आदिवासी जनजाति महासंघ नेपालको केन्द्रिय महा सचिवको उपस्थितिमा  बेल्जियमको पहिलो पुर्ण कार्य समिति गठन गरिने कार्यक्रम समेत रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।