चौध महिनाभन्दा बढी समयदेखि हिंसाको सामना गर्दै आएको सिरियामा हिजो फेरि १ सयको ज्यान गएको छ ।

सिरियाको अल हेफा सहरमा गरिएको हेलिकोप्टर आक्रमणमा परी एक १ जना सिरियालीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सिरियाका विद्रोहीहरुको पकड मानिएको सो सहरमा सरकारी सेनाले नै हेलिकोप्टरबाट आक्रमण गरिएको जनाइएको छ ।

सो आक्रमणमा अरुपनि कैयौं सर्वसाधारण घाइते भएको पनि बताइएको छ  ।

हालै नियुक्त भएका सिरियाली प्रतिपक्षी नेताले सिरियाली राष्ट्रपति बसार अल असादलाई जतिसक्यो चाँडो सत्ता छोड्न गरेको आग्रहलगत्तै यो नरसंहार भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।