काठमाडौं २३ मंसिर । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशलाई प्रदेश सदस्य अनिल गुप्ताले सहयोग हस्तान्तरण गरेका छन् ।
गत चैत २५ गतेको निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित गुप्ताले आफू कार्यसमिति सदस्य रहेको पत्रकार महासंघ, उपत्यका प्रदेश समितिलाई कार्यालय प्रयोजनका लागि दराज हस्तान्तरण गरेका हुन् । उनले प्रदेश अध्यक्ष श्रीजन झालाई बिहीबार दराज हस्तान्तरण गरेका हुन् ।
प्रदेश कार्यालयलाई व्यवस्थित र भौतिक स्रोत साधन सम्पन्न बनाउन आफूले सहयोग गरेको उनले बताएका छन् । प्रदेश अध्यक्ष झाले सहयोगप्रति कार्यसमिति सदस्य गुप्तालाई धन्यवाद व्यक्त गरेका छन् । उक्त सहयोग पछिसम्म पनि प्रदेशले स्मरण गरिरहने अध्यक्ष झाले बताएका छन् ।
Comments







