काठमाडौं । नेपाल सात वर्षपछि क्रिकेटमा विश्वकपमा प्रवेश गरेको छ । नेपाल आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको थिएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।