Wednesday, July 29, 2026
Home ब्यानर हमासले सँगै लगेका थाई १० जना छुटे, तर पहिलो चरणमा रिहा भएनन्...

हमासले सँगै लगेका थाई १० जना छुटे, तर पहिलो चरणमा रिहा भएनन् विपिन जोशी

काठमाडौं ९ मंसिर । प्यालेस्टाइनको अतिवादी समूह हमास र इजराइयलबीच अस्थायी युद्धबिरामपछि हमासको नियन्त्रणमा रहेकाहरु छुट्ने क्रम सुरु भएको छ । हमासले १३ जना इजरायली बन्धक छाडेको छ । त्यस्तै, १० जना थाई नागरिक र १ जना फिलिपिनो नागरिक पनि रिहा भएका छन् । उनीहरु अलग्गै सम्झौताका आधारमा रिहा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाली १० जनासँगै कृषिमा कार्यरत ३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए । विपिनलाई पनि थाई श्रमिकसँगै बन्धक बनाएर लगिएको बताइएको छ । शुक्रबार थाई १० जना नागरिक छुट्ने क्रममा विपिन पनि छुटेको अनुमान गरिएको थियो । हालसम्म उनी छुटेको पुष्टि भएको छैन ।

इजरायलमा रहेका थप कैदीहरू रिहाइ गर्ने सर्तमा आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकबाहेकका सर्वसाधारणलाई छोड्ने पक्षमा हमास देखिन्छ । आक्रमणका दिन हमास समूहले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो।

यता, इजरायलले पनि बन्दी रिहा सुरु गरेको छ । उसले ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ। रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।