भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङलाई मातृशोक परेको छ । मंगलबार (२६ डिसेम्बर) चाम्लिङकी आमा आशारानी चाम्लिङको ९७ वर्षको उमेरमा निधन भएको हो ।
दुई महिनादेखि सिलगुरीको एक अस्पतालमा उपचाररत चाम्लिङको निधन भएको हो । उनको अन्तिम संस्कार पैतृकस्थल याङगाङ गाउँमा गरिएको छ । चाम्लिङको आत्माशान्ति तथा शुद्धिकार्य बुधबार (३ जनवरी) का दिन गरिने छ ।
Comments




