बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्ने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन्।

गोरखाका सञ्चारकर्मीहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलाशययुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिएको बताएका हुन्।

जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको बताएका प्रधानमन्त्रीले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि बजेट व्यवस्था गर्ने बताए।
‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु । यसपटक जनताले बुझ्ने गरी बजेट विनियोजन हुनेछ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।