एभरेष्टकाे मिनरल बाेतल भित्र फाेहाेर फेला, सर्वसाधरणकाे स्वास्थ्यमाथि गम्भीर खेलवाड

काठमाडाैं । पशुपति स्पिरिङ वाटर उद्याेगद्वारा उत्पादित एभरेष्ट नामकाे मिनरल बाेतलमा फाेहाेर पदार्थ मिसिवट भेटिएकाे छ ।


यही २० तारिखमा उत्पादित पानीका बाेतलमा यस्ताे फाेहाेर मिसिएकाे दुषित पानी भेटिएकाे हाे । विभिन्न पसलहरूले २१ र २२ तारिखमा उत्पादित पानीमा पनि यस्ताे फाेहाेर मिसिएकाे पाइएकाे बताएका छन्।
मिनरल बाेतलकाे बाहिरबाटै हेर्दा सेताे देखिने फाेहाेर पदार्थ देख्न सकिन्छ । पानीमा बाहिरैबाट हेर्दा नै स्पष्ट रूपमा फाेहाेर मिसिएकाे पाइएकाे हाे । हेलाेखबरले पनि टिचिङ अस्पताल अगाडीका पसलहरूमा गएर अध्ययन गर्दा फाेहाेर मिसिएकाे पुष्टि गरेकाे छ ।


अस्पताल भित्र समेत फाेहाेेर मिसिएकाे पानी सर्वसाधरणले थाहा नपाएर पिईरहेकाे पाइएकाे छ ।

टिचिङ अस्पतात अगाडीका एक पसलेका अनुसार एभरेष्टले यसअघि पनि यस्तै फाेहाेर मिसिएकाे पानी पठाएकाे र गुनासाे गर्दा पनि बेवास्ता भएकाे बताए ।
दूषित पानी बिक्री वितरण गरेर सर्वसाधरणकाे जिवनमा खेलवाड गरिरहेकाे कम्पनीका सञ्चालक सञ्जय अधिकारीलाई यस विषयमा के भएकाे भनेर बुझ्न पटक-पटक फाेन र एसएमएस गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।


काठमाडाैं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फाेहाेर मिसिएकाे पानी भेटिए कारबाही हुने बताए । `फाेहाेर मिसिएकाे पानी उत्पादन गरेर विक्री वितरण गरेकाे गुनासाे तथा उजुरी आएमा राजु पाण्डे नेतृत्वकाे टाेलीले तत्काल अनुगमन गरेर के कसरी भएकाे हाे भन्ने अनुसन्धान गर्छ र आवश्यकता अनुुसार कारबाही हुन्छ ।’ उनले हेलाेखबरसँग भने ।


यसरी पत्ता लाग्याे फाेहाेर पानी
टिचिङ हस्पिटलमा आफन्तकाे उपचार गराईरहेका तामाङ थर गरेका एक व्यक्तिले अस्पताल नजिकैकाे एक मेडिकल पसलबाट एभरेष्ट पानी ल्याए । खाेलेर खाने क्रममा धमिलाे जस्ताे सेताे पदार्थ मिसिएकाे भेटेपछि उनले मेडिकल पसलमा गएर गुनासाे गरेपछि फाेहाेर पानी मिसिएकाे बाहिर आएकाे हाे ।
पशुपति उद्याेगका मार्केटिङ हेर्ने सुजन थापाले तामाङ थर गरेका एक जनाले पनि पानीमा सेताे पदार्थ मिसिएकाे भनेर गुनासाे गरेकाे बताए । उनले यस विषयमा सञ्चालकलाई जानकारी गराउने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।