काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकाेटाले भुराजनीतिक बदलाले देशकाे सुरक्षामा चुनाैती थपिएकाे बताएका छन् ।


प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशकाे अधिवेशनलाई सम्बाेधन गर्दै आइतबार पार्टी उपाध्यक्ष समेत रहेका उनले नेपाली सेनाले पनि भुराजनीतिक फेरबदलले सुरक्षा चुनाैती थपिएकाे निष्कर्ष निकालेकाे पनि उल्लेख गरे ।


प्रवक्ता सापकाेटाले ताप्लेजुङकाे पाथिभराकाे केबलकार बनाउने विषयमा दिनदिनै झडप भइरहेकाे उल्लेख गर्दै नेपाली सेनालेे उक्त विषय चाँडै हल हाेस् भनेकाे समेत उल्लेख गरे । ‘केबलकार बनाउने विषयमा दिनदिनै झडप भईरहेकाे छ, सेनाले पनि उक्त विषयलाई सुरक्षा चुनाैतीकाे रूपमा लिँदै चाँडै हल हाेस् भनेकाे बुझ्नमा आएकाे छ ।’ उनले भने ।


उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयकका विषय गलत रहेकाे समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।