काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभामा सांसदको प्रश्नमा उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितहरूलाई न्याय दिने सन्दर्भमा सरकार संवेदनशील रहेको बताएका हुन्।
‘अहिलेसम्म आयोग गठन हुन सकेको छैन। ऐनमा व्यवस्था भएका आयोगहरू किन गठन नभएका हुन्? यी आयोगहरू कहिले गठन हुने र द्वन्द्वपीडितले न्याय पाउने? बेपत्ता योद्धाहरू कहिले सार्वजनिक हुन्छ? सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन के काम गरिरहेको छ ?’ माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले प्रश्न गरेकी थिइन्।
ुअहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेताज्युसँग सम्पर्क गर्न खोजिरहेको छु। तर पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नुभएको भन्ने जबाफ पाएको छु,ु उनले भने। (प्रशिक्षार्थी)







