काठमाडौं । राजावादी समुहकाे गत चैत १५ गते काठमाडाैंकाे तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

आन्दाेलनमा उनलाई जनकमाण्डर ताेकिएकाे थियाे । उक्त प्रदर्शनमा एक जना पत्रकारकाे घरभित्र आगाे लगाउँदा निधन समेत भएकाे थियाे ।

प्रहरी स्रोतका अनुसार उनलाई भारतको आसाममा पक्राउ गरिएकाे हाे । उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेकाे बताइएकाे छ ।

नेपालमै छु भनेर झुुटाे प्रचार

प्रसाईले हिजाे मात्र एक भिडियाे सन्देश सार्वजनिक गरेका थिए । उनले उक्त भिडियाेमा आफू नेपालमा नै रहेकाे र सुरक्षाकाे ग्यारेण्टी भए २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेकाे बताएका थिए । तर, उनी आज भने भारतमा पक्राउ परेका हुन् ।

सचिवालय भन्छ आत्मसमर्पण

प्रसाईकाे सचिवालयले भने प्रसाईले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेकाे दाबी गरेकाे छ । प्रहरीले यस विषयमा अौपचाारिक रूपमा प्रतिक्रिया दिएकाे छैन । प्रकाश कुमार लामा (प्रशिक्षार्थी) p>

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।