काठमाडौँ २९ चैत । प्रहरीले औपचारिक रूपमा नै दुर्गा प्रसाइ र उनका अंगरक्षक दिपक खड्का पक्राउ परेकाे जनाएकाे छ ।

प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले अनुसार प्रसाई र खड्कालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएका छन् ।

१५ चैत काठमाडाैंकाे तिनकुनेमा भएकाे हिंसात्मक प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेका थिए । उक्त प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाकाे ज्यान गएकाे थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।