काठमाडौँ । यसअघि अब लाेडसेडिङ हुँदैछ भनेर भाषण गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काकाे बाेलि फेरिएकाे छ । उनले  अब लोडसेडिङ नहुने बताएका छन् ।

यसअघि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रहँदा उनले लाेडसेडिङ हुने बताउने गरेका थिए । गत चैत ६ गते राष्ट्रिय सभामा साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । मन्त्री खड्काले बुधबार एक कार्यक्रममा भने अब लोडसेडिङ नहुने बताएका हुन् । 

रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् ।

सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न समेत उनले आग्रह गरे । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।