काठमाडाैं । अमेरिकाले चीनबाट आयात हुने सामानमा थप ५० प्रतिशत भन्सार लगाउँदै १०४ प्रतिशत पुर्याएकाे छ । नयाँ राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे आगमनसँगै अमेरिकाले विश्वभरी आयातमा कर वृद्वि गरिरहेकाे छ । जसमध्ये चीनबाट आयात हुने सामानमा सबैभन्दा धेरै कर लगाएकाे हाे ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले चीनबाट आयात हुने सामानमा बुधबारदेखि थप ५०  प्रतिशत भन्सार लाग्ने बताएकी हुन्।

योसँगै अमेरिकामा आयात हुने चिनियाँ सामानको कुल भन्सार १०४ प्रतिशत पुगेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। 

यसअघि अमेरिकाले चीनमाथि थप ३४ प्रतिशत भन्सार लगाएपछि चीनले पनि ३४ प्रतिशत जबाफी भन्सार लगाउने घोषणा गरेको थियो।

ट्रम्पले चीनबाट आउने वस्तुमा यस अघि दुई पटकको जोडेर २० प्रतिशत भन्सार बढाएका थियो।

गत बुधबार रेसिप्रोकल भन्सार दर घोषणा गरी चीनमाथि थप ३४ प्रतिशत पनि जोड्दा दोस्रो कार्यकाल शुरू भएको तीन महिना पनि नपुगी उनले चिनियाँ उत्पादनमा ५४ प्रतिशत भन्सार पुर्‍याएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।