काठमाडौँ । कुलमान घिसिङको पार्टीको नाम करिब करिब टुंगो लागेको छ । उनको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज सहमति भएको हो ।
चुनाव चिह्न भने बिजुलीको चिम राख्ने तयारी गरिएको छ । तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको छ ।
Comments







