काठमाडाैं। मुख्यमन्त्रीको नियुक्तिको विरोधमा मधेस प्रदेश प्रमुखको कार्यालय तोडफोड गरिएको छ । मधेसका नेपाली कांग्रेसलगायत सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय तोडफोड गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका दलका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका हुन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसैबीच, मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।