काठमाडाैं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २४ कात्तिकमा बसेको बैठकले आचार्यलाई सो पदमा नियुक्त गरेको हो ।
बैंकको हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी ११ माघदेखि सकिँदै छ । उनको कार्यकाल सकिने भएपछि सञ्चालक समितिले आचार्यलाई नियुक्त गरेको हो ।
Comments

