काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा नवगठित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो विरुद्ध प्रयोग गरेको बताएका छन् ।
आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको बताए ।
त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको भनाइ छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भने, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’
Comments




