काठमाडौँ । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् ।
करिब ४५ मिनेटको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले बताएका छन् । पछिल्ला दिनमा रवि लामिछानेलाई जेलमा भेट्न जाने कलाकारहरुको बढ्दो क्रम रहेको छ ।
Comments







