काठमाडौं १ असार । आगामी १४ असारका लागि तोकिएको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईको सरेको छ । दुई नम्बरको निर्वाचन असोजमा गर्ने र १, ५ र ७ को भने १४ असारमा नै हुने भएको छ ।
निर्वाचन आयोगको असहमतिका बीच सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । सरकारले अाैपचारिक निर्णाय भने गरिसकेकाे छैन । मन्त्रीपरिषदकाे बैठक भने अहिले बसेकाे छ ।
राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।
Comments







