काठमाडौँ । काठमाडौँको ठमेलमा सञ्चालित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान प्रहरीले जनाएको छ ।

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।