काठमाडौं । नेपाली बजारमा आज लगतार चौथो दिन पनि सुनको मूल्य घटेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला ६ सय, मंगलबार प्रतितोला सात हजार नौ सय, बुधबार प्रतितोला एक हजार नौ सय र बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ गरी यो चार दिनमा सुन ११ हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।