काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थमन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
सीईओ अधिकारीले आफ्नाे व्यक्तिगत कारण राजीनामा दिएकाे बताएका छन् । ‘मैले व्यक्तिगत कारण राजीनामा दिएकाे हुँ, अन्य खास कारण छैन ।’ उनले हेलाेखबरसँग भने ।
सरकारले राजनीतिक नियुक्ति खाएका व्यक्तिहरूलाई बर्खास्त गर्न अध्यादेश ल्याएको थियो । यद्यपि त्यसमा वित्तीय क्षेत्रका संस्थाहरूका नियूक्ति बर्खास्त परेको थिएन ।
नयाँ सरकार गठनपछि सरकारले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई बर्खास्त गर्न अध्यादेश ल्याएको थियो । यद्यपी त्यसमा वित्तीय क्षेत्रका संस्थाहरूका नियूक्ति बर्खास्त परेको थिएन । कतिपयले भने स्वेच्छपक रूपमा राजीनामा दिएका थिए ।
Comments








