काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको अनियमितता प्रकरणको विषयमा हेलोखबरमा प्रकाशित समाचारको विषय सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेको भन्दै सहकारीकै पूर्व सञ्चालकमाथि कुटपिट भएको छ ।
सहकारीका सचिव हरिकृष्ण धेकेले पदमा बहाल अवस्थामा नै झण्डै २ करोड बराबर ठगी गरेको आरोपमा फौजदारी मुद्दा खेपिरहेको समाचार हेलोखबरले प्रमाणसहित प्रकाशित गरेको थियो ।
सोही समाचार किन सेयर गरेको भन्दै सचिवका भाई हरि सुन्दर धेकेले सहकारीको अनियमितताबारे अभियान सञ्चालन गर्दै आएका सहकारीकै पूर्व सञ्चालक बिम्बा छिरिङ दोर्जेथिङलाई कुटपिट गरेका हुन् । कुटपिटबाट छिरिङको मुखमा चोट पटक लागेको पाइएको छ ।
शनिबार साँझ एक पार्टी प्यालेसमा सहकारीका सचिव हरिकृष्णका भाई हरि सुन्दर धेकेले सार्वजनिक रुपमा नै आफूमाथि हातपात गरेको छिरिङले बताएका छन् । ‘मलाई सार्वजनिक रूपमा नै किन समाचार सेयर गरेको भन्दै कुटपिट गरियो, त्यो समाचार मैले लेख्न पनि लगाएको हैन, समाचार देखेंपछि सेयर मात्र गरेको थिए ।’ उनले भने ।
यसअघि पनि उक्त समाचार लेख्न लगाएको आरोप लाग्दै आएको र सचिवले जग्गाको विषयमा ठगी गरेको विषय आफूलाई थाहा नै नभएको उनको भनाई छ । ‘मैले त समाचारमा पढेपछि मात्र सचिवकाे ठगि आरोपको विषय थाहा पाएको हुँ, समाचारमा नै आएपछि सेयर गर्नु सामान्य विषय भएपनि गुनासो गरेपछि त्यति नै बेला मैले पोष्ट डिलिट पनि गरेको थिए ।’ उनले भने ।
छिरिङले अब आफू न्याय खोज्न कानुनी बाटो रोज्ने बताएका छन् ।
हेलोखबरले प्राप्त गरेको कागजात अनुसार जिल्ला अदालत काठमाडौंमा विचारधिन रहेको मुद्दा अनुसार मिरा रौनियारलाई कालिमाटीस्थित तरकारी बजार नजिकैको जग्गा बिक्री गर्ने भनि पटक–पटक गरेर एक करोड साठी लाख सचिव धेके र उनको परिवारले लिएको थियो । तर, जग्गा नामासरी गर्न र पैसा फिर्ता दिन नमानेपछि पीडित अदालत पुगेको पाइएको छ ।
अदालतमा दायर मुद्दामा…..अपुग रकम लिई जग्गा मिरा देवी रौनियारलाई पास गर्नुपर्नेमा नगरी रौनियारबाट लिएको एक करोड साठी लाख समेत फिर्ता नगरी तुलसी माया धेके, हरी कृष्ण धेके र हरिचन्द्र धेके समेतको मिलिमतोमा ढाटी झुक्याई ठगी गरेको उल्लेख छ । विस्तृत समाचारका लागि यो लिंक तरकारी फलफुल सहकारीका सचिब तथा छानबिन संयोजक नै डेढ करोड ठगी आरोपी खोल्न सक्नुहुनेछ ।
यसैगरी, कम्पनीको खातामार्फत शंकास्पद कारोबार गरेको समेत पाइएको छ । १० नम्बर खाता दैनिक हिसाबमा घटीबढी भएमा रकम जम्मा गर्नका लागि खोलिए पनि उद्देश्य विपरित शंस्कास्पद कारोबार हुँदै आएको पनि पाइएको हो । विस्तृत समाचार- तरकारी फलफूल सहकारी अनियमितताः कम्पनीको खातामार्फत शंकास्पद कारोबार
यसैगरी, जग्गा बिक्रीको हिसाबमा समेत गोलमाल गरेर लाखौं अनियमितता भएको समाचार पनि हेलोखबरले प्रकाशित गरेको थियो । सहकारीको अनियमितताको विषयमा सम्बन्धित निकायमा उजुरी समेत परेको समेत पाइएको छ ।








