काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मङ्गलवार साँझ पुनः दोहोरो झडप भएको छ । प्रहरीका अनुसार दुई समुदायबीच साँझ ७ बजेबाट झडप सुरु भएको हो ।

रातको समयमा दुई पक्षबीच लगातार भइरहेको झडप नियन्त्रणमा आउन सकेको छैन । दुवै पक्ष घरेलु हतियार सहित उत्रिएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

यसैबीच, सुनसरीका ९ स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला सुनसरीको धरान बराहक्षेत्र र इटहरीको १८ वटा वडा बाहेकका सबै स्थानीय तहमा कर्फ्यु आदेश भएको हो ।

यता, सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनालगायतका विषयमा छलफल गर्न सभापति लामिछानेले बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।