काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ परेका छ। उनलाई आइतरबा साँझ जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो ।

आइतबार दिउँसो पत्रकार सम्मेलन उनले गरी हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए ।

सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुर्गां प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा पटक पटक सरकारले पक्राउ गर्दै आएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।