काठमाडौं । काठमाडौंबाट कतारको राजधानी दोहा उड्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएको छ ।
प्राविधिक समस्याका कारण साँझ ६ बजे उड्नुपर्ने क्वीआर ६४७ नम्बरको जहाज साढे ८ बजेसम्म पनि उड्न सकेको छैन ।

यात्रुलाई भने जहाज भित्रै राखिएको छ । जहाजभित्रको लाइटको समस्याका कारण अन्धकारमा यात्रुहरु बस्न बाध्य भएका छन् ।
कतार एयरलाइन्सले जहाजको लाइटमा समस्या देखिएकाले ढिला हुन गएको जनाएको छ । तर, दुई घण्टा भन्दा बढी समय जहाजभित्रै यात्रुहरु अन्धकार र बिना एसी बस्नुपर्ने असन्तुष्ट बनेका छन् ।
एयरलाइन्सले भने मर्मत सम्भार जारी रहेको र मर्मत सम्भार सम्पन्न हुने बित्तिकै उडान गर्ने जनाएको छ ।
Comments




