Tuesday, September 1, 2026
27.1 C
Kathmandu
Home समाचार एउटै घरमा भेटियो २४ वटा शव

एउटै घरमा भेटियो २४ वटा शव

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार एउटै घरभित्र २४ वटा शव फेला परेको हो।

शव फेला परेको घरमा आज पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए। उक्त घरमा भएका शवका विवरण आज आउने छ। होटल वा गेस्ट हाउस जस्तो देखिने उक्त घर कसको भन्ने जानकारी नआएको उनको भनाइ छ।

यही भदौ १० गते गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ। हिजोसम्म ९ सयभन्दा बढीको शव फेला परिसकेको छ। हजारौंको संख्यामा मानिसहरू सम्पर्कविहीन छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।