नागरिक लगानी कोषद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग

काठमाडाैं । नागरिक लगानी कोषले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। नागरिक लगानी कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको अवस्थामा सरकारबाट सञ्चालन भइरहेको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको कोषले जनाएको छ।

चेक हस्तान्तरणका क्रममा नागरिक लगानी कोष सञ्चालक समितिका सदस्य नारायण प्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति रहेको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।