जनक शिक्षाको प्रबन्धकमा तिमिल्सिना

काठमाडौं २० माघ
सरकारले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकमा महेश तिमिल्सिनलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले पारित गर्दै सञ्चालक बोर्डलाई प्रबन्ध निर्देशकमा तिमिल्सिनालाई नियुक्त गर्न निर्देशन दिने मन्त्रीपरिषदबाट निर्णय भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए ।
जनकका तत्कालिन प्रबन्ध सञ्चालक अनिल कुमार झा मंसिर दोस्रो साताबाट अवकाश पाएपछि प्रबन्ध सञ्चालक खाली रहेको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।